संघ सरकार र स्थानीय सरकारले सम्वत र भाषा नीति ल्याउन नेवाः समुदायकाे माग
काठमाडौँ, २३ कात्तिक : बाग्मती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न विधेयक पारित गरेपछि नेवाः र तामाङ समुदायले त्यसको स्वागत गर्दै प्रदेश सांसदहरुलाई धन्यवाद दिनेदेखि दीप प्रज्वलन कार्यक्रम काठमाण्डौ उपत्यकामा मात्र हैन विभिन्न जिल्लामा समेत गर्दै आएका छन् । यसैवीच बागमती प्रदेशमा नेपालभाषा लागू गर्न ल्याएको विधेयकको स्वागत गर्दै राजधानीमा पनि उत्सव मनाउने साथे बागमती प्रदेशका सांसदहरुलाई धन्यवाद दिने कार्यक्रम गत कार्तिक २० गते काठमाण्डौको केल टोलमा सम्पन्न भयो । उगु कार्यक्रमका प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले नेपालभाषाका प्यंगः थांहरु अहिले जिवित भएको भए नेपालभाषालाई कामकाजि भाषाको रुपमा मान्यता दिनेक काम भएकोमा अत्यन्तै खुसी हुने बताउनु भयो । उहाँले बाग्मती प्रदेशमा कामकाजि भाषा लागू हुने भएतापनि भोलीका दिनमा लागू हुन्छ कि हुदैन भन्दै विगतमा स्थानीय सरकारले भाषालाई मान्यता दिएको तर ब्यवहारमा लागू नभएको जस्तो नहोस भन्नु भयो । नेवाः समुदायले आफ्नो भाषा नै प्रयोग गर्ने कामलाई बेवास्ता गर्नुको मूल कारण राज्य सत्ता भएको र राज्य सत्ताकै दमनका कारणले यस्तो अवस्था आएको हो भनी अध्यक्ष बज्राचार्यले बताउनु भयो । कार्यक्रममा विशेष अतिथि बाग्मती प्रदेशका सांसद बसन्त मानन्धरले अहिले सम्म प्रदेशले ५० वटा कानुन बनाएकोमा भरखरै पारित गरेको भाषा विधेयक विशिष्ट भएको बताउनु भयो । यो विधेयक भनेको भाषाको सवालमा मात्र नभई मुलुकमा संघीयता लागू गर्ने सवालमा पनि महत्वपूर्ण ऐन भएको बताउनु भयो । यदि यो विधेयक अनुसार कानुन बनाउने तर लागू भएन भने त्यो दस्तावेजमा मात्र सिमित हुने बताउदै अवका दिनमा कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउनु भयो । अर्का विशेष अतिथि बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्र्यले भाषा विधेयक कानुनको रुपमा आएपछि त्यसलाई कार्यान्वयन गर्नका लागि नेवाः समुदाय एक भएर अघि बढ्नुपर्ने बताउनु भयो । भाषा विधेयकलाई आफूले महत्व दिदै संसदको सो विधेयक ल्याउने समितिमा नै आफू बसेको बताउदै अवका दिनमा नेवाः समुदाय सचेत हुदै अघि बढ्नुपर्नेमा जोड दिनु भयो । उक्त कार्यक्रमका प्रमुख वक्ता नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा विधेयक कानूनको रुपमा आएपछि लागू हुनेमा शंका गर्न नहुने बताउनु भयो । उहाँले यो लागू गर्ने भनेको प्रदेश सरकार भएको र भोलीका दिनमा भाषाका लागि कार्यक्रम पनि कानुन अनुसार प्रदेश सरकारले नै ल्याउने बताउनु भयो । स्वनिगः विशेष प्रदेशका अध्यक्ष महर्जनले प्रदेशसभामा भाषा सम्वन्धी विधेयक प्रस्तूत भइरहेको समयमा राजधानी काठमाण्डौ आफूहरु भाषा बैज्ञानिक, कानुनविदहरुसंग छलफल गरिरहेको र निश्चित समय भित्र संशोधन गर्नुपर्ने भएकोले रातारात प्रदेश राजधानीमा आफूहरु पुगी प्रदेश सांसदहरुसंग छलफल गरेका कारण विधेयकमा संशोधन भएका कारणले विधेयक अत्यनैत राम्रो भएको समेत बताउनु भयो । मुलुक बहुभाषीक भएको कुरा संविधानमा उल्ले भएको बताउदै उहाँले अव भाषा विधेयक बाग्मती प्रदेशले ल्याए जस्तै संघ सरकार अर्थात केन्द्रीय सरकारले पनि भाषा सम्वन्धि नीति ल्याउनुपर्ने बताउनु भयो । यो विधेयकले भाषाको सवाल मात्र नभई नेपाल संवतलाई पनि प्रदेशल कार्यान्वयनमा ल्याउने कुरा उल्लेल भएको बताउदै अवका दिनमा केन्दीय सरकारले पनि सम्वत सम्वन्धि कानुन ल्याउनु पर्ने बताउनु भयो । उहाँले अवका दिनमा स्थानीय सरकारलाई पनि भाषा सम्वन्धि कानुन निर्माणका लागि अभियान संचालन गर्ने समेत बताउनु भयो । नेवाः देय् दबू काठमाण्डौ जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा देय् दबू काठमाण्डौ जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन तिमिलाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको अन्तिममा दिपावली समेत गरेको थियो ।