JanaKura

२५ बर्षदेखि सेवामा लागिरहेका नेपाल स्काउट बागमती प्रदेशका संयोजक अर्याल आखाँ शिविरमा

नविना श्रेष्ठ/ कात्तिक२० ,२०८० /नेपाल स्काउट बाग्मती प्रदेश र तिलगंगा आँखा अस्पतालको सहकार्यमा विभिन्न जिल्लाहरुको आयोजित निःशुल्क आँखा परीक्षण र पछि मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया फुल्हरि गुम्बा जग्डोलमा सम्पन्न भएको छ। डा.सन्दुक रुइतसंगको साथ र स्थापना कालदेखि तिलगंगा आखाँ अस्पतालको सहयोगले २५० वटाभन्दा बढी यस्ता शिविर नेपाल स्काउट बाग्मती प्रदेशका संयोजक शिवराम अर्यालले विशेष भूमिकामा यस्ता सेवाका शिविरहरु संचालन गर्दै आएका छन्।

विगत २५ वर्षभन्दा धेरै समयदेखि विशेष योगदान दिदै आजको दिन सम्म निरन्तररुपमा लागि रहनु भएका छन् । भने कार्तिक १८,१९,२० गते सम्मको मोतियाबिन्दुको निशुल्क शल्यक्रियाको लागि विभिन्न जिल्ला, स्थानमा निशुल्क आखाँ परिक्षण गरेको थियो। सो स्थानहरु गोकर्णेश्वर नगरपालिका वडा नं १, सुन्दरीजल ,चन्द्रगिरी, नागर्जुन, काठमाडौं, धादिङ्ग गल्छी, नुवाकोट,चाँगुनारायण सम्मका २०० जना विरामीहरुको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरी आज घर फर्कन सफल भएको छ। कहिले नथाक्ने कहिले नआत्तिने त कहिले नझुक्ने उहाँको उच्च सोभाब देख्दा सबैजना अर्याल देखि चकित हुन्थ्यो। ७०,७५ बर्षका आम मानिसहरूको आँखाको मोतियाबिन्दुको उपचारमा आफू खटिरहन पाउँदा निकै आनन्दमय र संसारकै खुशी प्राप्त भएको महसुश गर्नुहुन्थ्यो। उहाँ आफै बिरामी आम मानिसहरुसँग सिबिर क्याम्पमा दिनरात बसी बिताएको त्यो समय मायाप्रेम आशिर्वाद जो कोहीले पाउदैनन् र त्यो आफूले पाएकोमा हर्षित भई नेपाल स्काउटका संयोजक शिवराम अर्यालले खुसी व्यक्त गरेका छन्।

Exit mobile version