JanaKura

नक्कली नोट बनाउने मेसिन सहित १ जना पक्राउ 

काठमाडौं, २० कार्तिक / नक्कली नोटसहित नोट बनाउने मेसिन र कारोबार गर्ने १ जनालाई कपन प्रहरीले नियन्त्रणमा लिएको छ। १९ गते आईतवार रातको १०:०० बजेको समयमा काठमाण्डौ महानगरपालिका वडा नं. ६ सरस्वतीनगर नजिक नक्कली नोटको कारोबार भई रहेको छ भन्ने गोप्य जानकारी पाएपछि प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटाको कमाण्डमा गएको प्रहरी टोलीले कार्मा लुण्डुप गुरुङलाई पक्राउ गरेको हो। पक्राउ गरेर सोधपुछ गर्दा डोल्पा भिजेर गा.वि.स. वडा नं. ८ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ६ माहांकाल सेचेन गुम्बा नजिक छम्बा ढुन्डुकको घरमा डेरा गरिबस्ने गरेको पत्ता लागेको थियो। कर्मा लुण्डुप गुरुङको डेरा कोठामा प्रहरी गई खनतलासी गर्दा मेसिनरी सामान, नक्कली नोट र नेपाली नगद सहित गुरुङलाई पक्राउ गरि थप अनुसन्थान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्द पठाईएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका वस्तु –

नक्कली पैसा फोटोकपी गर्ने मेसिन १ थान

नक्कली नोट रु १,०००।– लेखिएको नोट २२५ थान

Exit mobile version