JanaKura

इतिहासकै सबैभन्दा बढी पयटक नेपाल भित्रिए, कति आए ?

काठमाडौँ, १६ कात्तिक :सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । एक महिनामा इतिहासकै सबैभन्दा बढी पयटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डको तथ्याङकअनुसार सन् २०२३ अक्टोबार महिनामा मात्रै हालसम्मकै अधिकतम पयर्टक नेपाल भित्रिएका हुन् ।अक्टोबार महिनामा मात्रै १ लाख १७ हजार ३०७ जना पयर्टक नेपाल घुम्न आएका छन् । यसले व्यावसायिकलाई उत्साह थपेको छ । जुन हालसम्मकै अधिकतम पयर्टक आगमन महिना हो ।अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० जना र यूएसएबाट १४ हजार ८७९ जना पयर्टक नेपाल भित्रिएका छन् ।त्यस्तै, यूकेबाट ८ हजार २१७ जना , चाइनाबाट ६ हजार २१७ जना, अस्ट्रेलीयाबाट ६ हजार ७५, जमर्नीबाट ५ हजार २७१ जना, फ्रान्सबाट ५ हजार २७१ जना, बंग्लादेशबाट ४ हजार २९२ जना, स्रिलङकाबाट २ हजार ५०७ जना र इटालीबाट २ हजार ४६७ जना पयर्टक नेपाल घुम्न आएका छन् ।
Exit mobile version