JanaKura

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटायाे

काठमाडौँ, १५ कात्तिक :। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो । निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत राखेको छ ।

Exit mobile version