JanaKura

काभ्रेपलान्चोक जिल्लाको पनौतीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डौ ,१५ कार्तिक । काभ्रेपलान्चोक जिल्लाको पनौती मा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।उक्त दुर्घटना हुँदा तीन जना घाइते भएका थिए। घाइतेको उपचारको लागि सिरमेमोरियल अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु भएको हो। बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात-खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

Exit mobile version