JanaKura

प्रहरी श्रीमती संघकी अध्यक्ष कुँवरद्वारा घाईते प्रहरी कर्मचारीहरुलाई आर्थिक सहयोग

काठमाडौं, १२ कार्तिक/ कर्तव्य पालनाको सिलसिलामा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले घाईते भई उपचारार्थ नेपाल प्रहरी अस्पताल महाराजगंजमा रहेका घाईते प्रहरी कर्मचारीहरुलाई आर्थिक सहयोग प्रदान गरेकी छन्। श्रीमती संघ पदाधिकारीको टोलीले नेपाल प्रहरी अस्पतालमा उपचारत रहेका अन्य विरामीहरुलाई समेत भेटघाट गरि शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए। आइतबार नेपाल प्रहरी अस्पतालमा पुगेर घाइते प्रहरी कर्मचारीलाई अध्यक्ष कुँवर लगायत संघका पदाधिकारीले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संघको वार्षिकोत्सव – २०८० को अवसरमा गरिएको निर्णयानुसारको आर्थिक सहयोग (उपचार खर्च) प्रदान गरेका हुन्।

Exit mobile version