JanaKura

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, १३ जनाको मृत्यु, ५० घाइते

१३ कार्तिक २०८०/ भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्। आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुई रेल ठोक्किएर दुर्घटना भएपछि धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो। दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ। विशाखापट्टनम –पालासा यात्रुवाहक रेल र विशाखामट्टनम –रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन्।

Exit mobile version