नविना श्रेष्ठ/ कार्तिक १२,२०८० प्रदेश स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मन्त्री माननीय उत्तम जोशी र संघीय सभासद माननीय प्रदिप पौडेलको समुपस्थितिमा संयुक्त रुपमा CLIA (थाइराइड हर्मोन भिटामिन बि१२ भिटामिन डि प्रयोगशाला) Culture मेसिन टोखा चण्डेश्वरी अस्पताललाई हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ।कार्यक्रमका आयोजक बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य प्रयोगशाला धुलिखेलले गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशी एवं विशिष्ट अतिथि संघीय सांसद माननीय प्रदिप पौडेल रहेको थियो। कार्यक्रमका सभाध्यक्ष अस्पतालका अध्यक्ष युथ मर्हजन थियो।
टोखा नगर एक नेवार बस्तिले भरिएको काठमाडौंको नजिकै रहेको गाउँ टोखा नगरपालिका हो। यो नगरमा धेरै कृषकहरूको बस्ती रहेको छ। टोखा नगर बस्ती संस्कृतिले भरिएको, इतिहास बोकेको, पौराणिककालदेखि आफ्नो पहिचान नहराएको नगर हो टोखा , सदियौं कालदेखि आफ्नै भाषा भेष परम्परा संस्कृति रितिरिवाजलाई अंगाल्दै अगाडि बढिरहेको टोखा नगरमा आज सामुदायिक विद्यालय देखि लिएर सामुदायिक प्रदेश अस्पतालको समेत स्थापना भएको र सञ्चालनमा रहिरहेको अस्पतालमा उपचारको क्रमसँगै आमजनतालाई सेवा सुविधा दिँदै अगाडि बढिरहेको छ।
नगरमा आम मानिसको मृत्यु क्यान्सरको कारणले भएपछि क्षेत्र नम्बर ५ का संघीय सांसद माननीय प्रदीप पौडेललाई यस क्षेत्रको धेरै चिन्ता भएपछि उहाँले उपचारको क्रममा आममानिसहरु भोलिको दिनमा क्यान्सरबाट कसैको पनि मृत्यु नहोस भन्ने उद्देश्यले क्यान्सर जाँच मेसिनको माग गरेको उहाँले बताए। अस्पताललाई लाइन्स क्लवका प्रतिनिधिहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे। टोखा अस्पतालमा ल्याप बनाएर कसरी उपचारको सुविधा दिन सकिन्छ भन्ने विषयमा ल्यापको जरुरत भएको बताए। अबको दिनमा यस अस्पतालमा गुणस्तरी उपचार र आम मानिसहरुलाई निःशुल्क उपचारको व्यवस्थापन हुने विश्वास व्यक्त गरेका छन्। कुनै पनि बिरामीले उपचारको लागि अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन आफू दिनरात लागिरहेको र यस अस्पतालमा ती सेवा सुविधाहरु चाँडै नै उपलब्ध गराउन लागिरहेको बताए।अस्पताल महिला पाठेघर क्यान्सर, स्तन क्यान्सर,छाला क्यान्सर, मृगौला क्यान्सर लगायत क्यान्सर पनि पहिलो दोस्रो तेस्रो गरी कुन तहसम्म क्यान्सर रोगलाई उपचार गर्न सकिन्छ भन्ने विषयमा आफूहरु जोरले लागेको बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि जोशीले टोखा बासी आमाबुबा दाजुभाई दिदीबहिनीहरुलाई आफूहरुले पाउनुपर्ने उपचारका सुविधाहरु स्वास्थ्य मन्त्रालयबाट सक्दो सुविधा दिने प्रतिबद्धता जनाएका छन्। यो मेसिन टोखा अस्पतालमा ल्याउन जोड दिने मुख्य व्यक्ति प्रदिप पौडेल नै रहेको बताएका छन्। पहिलो पटक आफु मन्त्री हुनेबित्तिकै असारमा एक मेसिन पठाएको जानकारी दिनुभयो। असोज ४गते १६ वटा अस्पतालमा निःशुल्क blood पाउने व्यवस्था मिलाइएको बताए। एक लाख संघीय सरकार,पचास हजार प्रदेश सरकार, बाट उपलब्ध गराई आमजनतालाई सेवा सुविधा दिने योजना रहेको बताए। ६५ बर्षका मानिसहरुलाई निःशुल्क दन्त सेवा सुविधा दिने सहित परिवारलाई निःशुल्क उपचार दिने विपन्न अवस्थामा रहेका परिवारले निःशुल्क उपचार पाउने व्यवस्थासमेत स्वास्थ्य मन्त्रालयले गरेको बताएका छन्। मष्तिकघाट रोगीले निःशुल्क उपचार पाउनुपर्ने व्यवस्था समेत रहेको बताए।१३वटा सामुदायिक अस्पतालमा डेंगु रोगका आम मानिसहरुले निःशुल्क उपचार पाउने व्यवस्था रहेको बताए। स्वयंसेवक महिलाहरूको लागि केहि न केहि सरकारको स्थानमा रही काम गर्ने व्यवस्था हुनुपर्ने उहाँको माग रहेको छ। कुनै पनि आम जनताहरु ले पैसा नभएर मैले कुनै रोगको उपचार गर्न पाएन भन्ने खबर अब अन्त्य गर्नुपर्ने बताए।
कार्यक्रमका सभाध्यक्ष युथ मर्हजनले भने आजबाट टोखा चण्डेश्वरी अस्पतालमा अक्सिजन निःशुल्क गर्ने जानकारी दिनुभएको छ। हिजोको दिन सम्म एक व्यक्तिलाई अक्सिजन दिँदा रु. ५० रुपैयाँ लिने गरेको उहाँले बताउनुभयो। हिजोको भन्दा भोलि राम्रो गरेर जानलाई अस्पतालमा उपचारको क्रममा व्यवस्थितरुपमा लैजानको लागि केही कमी कमजोरीहरुलाई सुधार्दै थप आवश्यक सामाग्रीहरु जेनेरेटरको माग,आइसियु मेसिन,मेजर कोटिको सुविधा जोड्दै अस्पतालको सेवा सुविधाहरु दिने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा भने स्थानीय व्यक्तित्वहरू प्रहरी नेपाली कांग्रेस पार्टीका वडा नं २,३का सभापतिहरु, स्वयंसेविकाहरु चिकित्सकहरु डाक्टर,नर्सहरु लाइसेन्स क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।