• 2023-10-22

    काठमाडौं, ५ कात्तिक । रौतहटकाे वाग्मती नदीमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

    रौतहटकाे राजदेवी नगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासका १० वर्षीय छोरा गौतम दासकाे दिउँसो नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएकाे हाे ।

    गौतमलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै