• 2023-10-21

    चितवन, ४ कात्तिक । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ ।

    दसैँकाे नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते केबलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

    प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माताको मन्दिर जान चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्न सकिन्छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै