• 2023-10-19

काठमाडौं २ कार्तिक / आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने थापाले बताएका हुन्। निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेका मध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने थापाले धारणा राखे। निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनले बताए। गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताए। त्यस्तै उनले उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि बागमती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरू आफूलाई भेट्न आएको बताए।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै