JanaKura

चाईल्ड नेपालकाे १९ औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट ठाकुरप्रसाद खकुरेल सर्वसम्मत चयन

काठमाडाैं, २७ असाेज । चाईल्ड नेपालकाे १९ औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट ठाकुरप्रसाद खकुरेल सर्वसम्मत चयन हुनुभएकाे छ ।चाईल्ड नेपालकाे शुक्रबार भएकाे नेतृत्व चयनमा नाैं सदस्य कार्यसमिति गठन भएकाे हाे ।चाईल्ड नेपालले गत वर्षको कार्य तथा आर्थिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरि अनुमाेदन गरिएकाे थियाे भने आगामी वर्षको लागि याेजना पनि पारित गरिएकाे थियाे ।

चाईल्ड नेपालकाे बार्षिक कार्यक्रममा बाेल्दै निवर्तमान अध्यक्ष एवं संस्थाका संरक्षक डा. कृष्ण सुवेदीले संस्थालाई आफुले सन्तानकाे रुपमा हुर्काएकाे र यसलाई थप स्याहार गर्ने जिम्मेवारी नयाँ नेतृत्वलाई प्रदान गरेकाे बताउनुभयाे ।नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद खकुरेलले संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ वर्तमान कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

Exit mobile version