JanaKura

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय १७ पुग्यो

 असोज २५, २०८० काठमाडौं– इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्या एक हजार ४१७ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।मन्त्रालयका अनुसार गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएका छन्। इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो।इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ।

Exit mobile version