• 2023-10-09

    काठमाडौं, २२ असोज । सर्वोच्च अदालतमा पारिवारिक विवाद सम्बन्धी मुद्दामा सुनुवाइ गर्न छुट्टै इजलास गठन भएको छ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलासको शुभारम्भ गर्नुभएकाे हाे ।

    प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाईको क्रममा अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्न छुट्टै इजलासको व्यवस्था गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएकाे थियाे ।

    सोही कार्ययोजना अनुसार सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयबाट आजदेखि त्यस्ता मुद्दाहरूको मात्रै सुनुवाइ गर्न २ वटा छुट्टै इजलास सुरू गरिएको हो।

    परिवारिक इजलासबाट हाललाई महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालवालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाह लगायत बालवालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाई हुने बताइएको छ।

    इजलासको आरम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना अनुसार पारिवारिक इजलास स्थापना हुँदा खुशी मिलेको बताउनुभयाे ।

    उहाँले महिला वादी भएका मुद्दा, अंशमुद्दा, नाता कायम, घरेलु हिंसा र बालबालिकासम्बन्धी मुद्दालाई चाँडै टुंग्याउन इजलास स्थापना गरिएको बताउनुभयाे ।

    काठमाडौं उपत्यकालगाएत भक्तपुर र ललितपुरमा पनि पारिवारिक इजलास स्थापना गर्ने लक्ष भएको उहाँले बताउनुभयाे ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै