• 2023-10-08

काठमाडाैं, २१ असाेज । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन्।

शनिबार बन्दुकधारीहरूले अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गर्दा नौ जना नेपाली घाइते भएकाे हाे । परराष्ट्र मन्त्रालयका अनुसार दुई जनाको अवस्था गम्भीर रहेकाे छ ।

मन्त्रालयमा शनिबार आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

हमासले इजरायलमाथि रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ।

यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो। अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग इजरायल युद्धमा रहेको बताएका छन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै