JanaKura

दशैंलाई लक्षित सवारी साधनको अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने

असोज २०,२०८० काठमाडौं । सार्वजनिक सवारी साधनको दशैं लक्षित अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने भएको छ ।शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलमा २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।यातायात व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्ने अडान राखेपछि अग्रिम टिकट बुकिङ खुल्न ढिला भएको हो । अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाई भएको हो ।

Exit mobile version