JanaKura

आदिवासी जनजाति युवा महासंघ काठमाण्डौको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा राजेन्द्र तामाङ

काठमाडौं असोज १९,२०८०

बिहीबार काठमाण्डौ जिल्ला आदिवासी जनजाति युवा महासंघ नेपालको दोस्रो अधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ। काठमाण्डौ जिल्ला आदिवासी जनजाति युवा महासंघ नेपालको दोस्रो अधिवेशनको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित भएका छन ।नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा राजेन्द्र तामाङ ,उपाध्यक्षमा विनोद कुमार पुन मगर,उपाध्यक्षमा (महिला) – पुनम फागो (लिम्बु),सचिवमा नविना श्रेष्ठ ,काेषाध्यक्षमा पासंङ ल्हमु शेर्पा ,सहसचिवद्वयमा अविशेक गुरुङ्ग, प्रकाश छन्त्याल,सदस्यहरुमा लाक्पा लामा तामाङ,रोहन श्रेष्ठ,संगम गुरुङ,सदिक्षा लिम्वु,भिन्तुना महर्जन,सरिता राना मगर निर्वाचित भएका छन ।

काठमाडौंको बसुन्धरा स्थित डायमण्ड ब्यांक्वेटमा सम्पन्न भएको कार्यक्रम बागमति प्रदेश अध्यक्ष विलम मोक्तानको अध्यक्षतामा र आदिवासी जनजाति महासंघका उप-महासचिव रामकृष्ण व्लोनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियाे । महाधिवेशनमा आदिवासी जनजाती युवा संगठनहरूको नेतृत्व गर्ने युवाहरु, समाजसेवि, पत्रकार लगायत विशिस्ट व्यक्तिहरूको उपस्थिती रहेको थियो ।
फाेटाे सौजन्य/ मोहन तामाङ

Exit mobile version