काठामाडाैं, १९ असाेज । बझाङ भूकम्पपीडितलाई सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ।
भूकम्पपीडितलाई अस्थायी घर बनाउन सरकारले सहयाेग स्वरूप प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएकाे हाेे ।
गत मंगलबार गएकाे भूकम्पले बझाङका १३५ घरमा क्षति पुगेकाे थियाे भने एक जनाको पुरिएर मृत्यु भएकाे थियाे ।
भूकम्प गएकाे तीनदिन पछि प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गर्नुभएकाे थियाे ।
प्रधानमन्त्री दाहालले प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने बताउनुभयाे । उहाँले त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिएको बताउनुभया
भूकम्पमा परी घाइते भएकाहरूलाई सरकारले नि:शुल्क उपचार गर्ने र भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रति परिवार तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराइने उहाँले बताउनुभयाे ।