JanaKura

कबड्डीमा नेपाललाई कास्य पदक

काठमाडाैं, १९ असाेज । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ ।

सेमिफाइनलमा भारतसँग पराजित भएसंगै नेपालले कास्य पदक पक्का गरेको हाे । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।

समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

भारतले फाइनल पुगेसंगै स्वर्णका लागि भिड्ने पक्का भएकाे छ ।

 

Exit mobile version