नविना श्रेष्ठ/श्रावण ६,२०८०
नेपाली कांग्रेसका संस्थापक सभापति एवं नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री स्व.बी.पी कोइरालाको ४१औं स्मृति दिवसको उपलक्ष्यमा रक्तदान नै जीवन दान भन्ने भावनालाई आत्मसात गरी नेपाली कांग्रेस पार्टी टोखा नगरपालिका वडा नं २ कार्य समितिको आयोजनामा टोखा गणेस्थान स्थित तलेजु परिषद (क्वख्ल) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साउन ६ गते शनिबार बिहान ९.०० बजेदेखि दिउँसो २:०० बजेसम्म रक्तदान कार्यक्रम गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय प्रदिप पौडेल रहेको थियो। भने विशिष्ट अतिथि क्षेत्रिय सभापति प्रदेश सांसद श्यामबहादुर खड्का रहेको थियो।
रक्तदान नै जीवनदान भन्ने भावनालाई आत्मसात गरी माननीय प्रदीप पौडेलले रक्तदान गरेका थिए ।भने टोखा वडा नम्बर २ का इकाई सभापति हेराकाजी महर्जन डंगोल, उपसभापति सुबिन्द्र श्रेष्ठ, सचिव विकास श्रेष्ठ, पार्टीका पदाधिकारी र सल्लाकार तथा शुभेक्षकहरुले पनि रक्तदान गरेका थिए। ग्राण्डी इन्टरनेशनल अस्पतालले रक्तदानका सामग्रीहरु उपलब्ध गरी रक्तदान समय अवधिभर नर्सहरु खटाएर साथ सहयोग गरेको थियो।