JanaKura

द्रुत बसका लागि छुट्याइएको लेन अब अन्य गाडीलाइ पनि खुल्ला

सोज १५, २०८० काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा आइतबार बसेको बैठकले द्रुत बसका लागि छुट्याइएको अन्य सवारीसाधनका लागि पनि लेन खुला गर्ने निर्णय गरको छ । बसले मात्रै लेन नढाकिएपछि साझा यातायात, स्कुलका बस, एम्बुलेन्स, दमकललगायतका इमर्जेन्सी सवारीसाधनले पनि प्रयोग दिने निर्णय गरिएको हो । रत्नपार्कदेखि सूर्यविनायकसम्म यस्तो सेवा सञ्चालनमा छ। यो सेवा सञ्चालनका लागि रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ। सेवालाई ट्राफिक लाइटमा पनि नरोकिने गरी व्यवस्था मिलाइएको छ। यस्तो बस रत्नपार्क र सूर्यविनायकबाट ५/५ मिनेटमा छुट्ने व्यवस्था मिलाइएको छ।द्रुत बस सेवा संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो।

Exit mobile version