• 2023-10-01

    काठमाडौँ, १४ असोज : पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गर्नुभयो । उहाँले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गर्नुभयो ।“कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्मसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई सम्बोधन गर्नुभएको थियो । सो सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उहाँ यही असोज १३ गते स्वदेश फर्कनुभएको हो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै