JanaKura

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ, १३ असोज। अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा एक करोड भन्दा धेरै नोक्सान भएको उजुरी छ। केसीलाई छलफलका लागि पटक–पटक बोलाइएपनि नआएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Exit mobile version