JanaKura

काठमाडौं महानगरपालिका र ईःबीच चारबुँदे सहमति

असोज ११ काठमाडौं,

काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका अभियन्ता ईः र महानगरबीच वार्तामा सहमति जुटेको छ । ईः धर्नामा उभिएको १९९ घण्टापछि सहमति भएको हो । सहमति भएसँगै ईःले आन्दोलन स्थगित भएको घोषणा गरेका छन् । मंगलबार वार्ता अन्तिम समयमा भाँडिएको थियो । बुधबार फेरि भएको वार्तामा सहमति जुटेको हो । आजै दिउँसो काठमाडौंका मेयर बालेन शाहले फेसबुकमार्फत ईःले राखेका माग पूरा गर्न नसकिने समेत बताएका थिए । तर, अन्तिममा सहमति जुटेको हो । यसअघि जफत गरिएका सामान फिर्ता गर्ने, विकल्प खोज्न अध्ययन समिति गठन गर्ने र निषेधित स्थानबाहेक स्थानमा व्यवसाय गर्न दिन पहल गर्ने सहमति भएको छ ।

काठमाडौं र प्रदर्शनकारी ईःबीच भएको सहमति

१) फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्ने,प्रदर्शन आजैबाट स्थगित गर्ने।

२) फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।

३) अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई स्थान उपलब्ध गराउन सुझाव समिति गठन ।

४) कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्ने ।

Exit mobile version