JanaKura

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सकहरुको चेतावनी

काठमाडौं १० असोजः चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आज पनि आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकहरुले मंगलबार पनि माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् । सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै चिकित्सकहरुले दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । उनीहरुले सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

Exit mobile version