• 2023-09-26

    • आश्विन ९ , काठमाडौँ। काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईःलाई भेटेकी छिन्। विभिन्न माग राख्दै काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि उभिएका अभियन्ता ईःसँग महानगरकी उपमेयर डंगोलले भेटेकी हुन्।ईः सडक व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग राखेर आठ दिनदेखि महानगरको कार्यालय सभागृह अगाडि उभिरहेका छन्। मंगलबार बिहान उभिइरहेको ठाउँमा पुगेर उपमेयर डंगोलले वार्ता गर्नको लागि समिति गठन गर्ने आश्वासन दिएकी हुन्।भेटमा उपमेयर डंगोलले भेटेर स्वास्थ्य अवस्थाको बारेमा चासो व्यक्त गरेकी छन्। सडक व्यवसायीको लागि वैकल्पिक व्यवस्था नीति बनाउन सक्दो प्रयास गर्ने बताएको ईःले बताए।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै