• 2023-09-24

एजेन्सी । चन्द्रमामा पुग्न सफल भारतकाे चन्द्रयान–३ सम्पर्कविहीन भएको छ । केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएकाे छैन । अगस्ट २३ मा चन्द्रमा पुगेको चन्द्रयानले दुई हप्तासम्म फोटो खिच्यो र डेटाहरू संकलन गरेकाे थियाे । चन्द्रमामा रात परेपछि त्यसलाई स्लिप मोडमा राखिएको थियो ।सेप्टेम्बर २२ अर्थात् गत शुक्रबारदेखिको सम्पर्क स्थापित गर्ने प्रयास सफल हुन नसकेको इस्रोले जनाएको छ । चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ । यसको अर्थ चन्द्रमामा १४/१४ दिन//रात हुन्छ ।  चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको थियो भने भारत चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने अमेरिका, रुस र चीनपछि चौथो राष्ट्र बनेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै