JanaKura

आज ४२ औँ पुष्पलाल स्मृति दिवस मनायो।


टाेखा लाइभ, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनायो । सत्तारुढ नेकपाका साथै अन्य कम्युनिष्ट पार्टीले पनि उनको योगदानको स्मरणमा विभिन्न कार्यक्रमहरु गर्दै पुष्पलाल स्मृति दिवस मनाएको हो।
कम्युनिष्ट पार्टी स्थापना गर्ने नेता भएकाले नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।
नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको बिक्रम सम्बत २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

पुष्पलालले नेपालको गहिरो इतिहास अध्ययन गर्नुका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
वैशाख २००६ मा चारजना साथीसँग मिलेर उनले पहिलोपटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । उनको जन्म विसं १९८१ असार १५ गते रामेछापमा भएको थियो । उनी सहिद गङ्गालालका भाइ हुन् ।

Exit mobile version