JanaKura

टाेखामा हर्षाेलासपुर्वक ९औं संविधान दिवस मनाइयो

असोज ४, टाेखा काठमाडौं /टाेखामा हर्षाेलासपुर्वक ९औं संविधान दिवस मनाएको छ। संविधान दिवसका अवसरमा टाेखा नगरपालिका प्राङ्गणमा नगर प्रमुख प्रकाश अधिकारीले दिप प्रज्वलन गरि दिवसको औपचारिक उद्घाटन गर्नुभएको थियो । दिवसकै अवसरमा साझ झाकी सहित ऐतिहासिक टाेखानगर परिक्रमा गरि दिप प्रज्वलन सहित मनाइएको संविधान दिवस कार्यक्रम टाेखा नगरपालिका वडा २ र ३ ले संयुक्त आयोजना गरेको कार्यक्रममा टाेखाका स्थानीय वासिन्दाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

टाेखा वडा २ र ३ मा आयोजना भएको संविधान दिवस कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो। त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि टाेखा वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायत वडा सदस्यहरु , बिशिस्ट अतिथी टाेखा वडा ३ का अध्यक्ष रमेश डंगोल लगायत वडा सदस्यहरुको उपस्थिति रहेकोे थियोे ।टाेखा वडा २ र ३कर्मचारीहरू , टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम , नेपाली कांग्रेस टाेखा २ र ३ का नगर इकाई सभापति , नेकपा एमाले टाेखा नगर वडा कमिति २ र ३ का अध्यक्षहरु , नेकपा माओवादी टाेखा नगरकमिटीका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टी टाेखा नगरकमिटीका प्रतिनिधि लगायत सरस्वती र टाेखा चण्डेश्वरी महिला स्वास्थ्य स्वयं सेविकाहरु, खेलप्रेमी , बुद्धिजीवी , भगवती ब्रास ब्यान्ड , बालप्रेमी खेलकुद मण्डलका खेलाडीहरु, विभिन्न क्षेत्रका समाज सेविविकास प्रेमिहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version