JanaKura

गैरीगाउँ हत्या प्रकरण : प्रहरीलाई खबर गर्न गएकालाई प्रहरीले लियाे नियन्त्रणमा

काठमाडौं, ३० भदाै । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति भएकाे एकै परिवारका तीनसहित ४ जनाको हत्यामा संलग्न भएकाे आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

काठमाडाैंकाे तीनकुनेस्थित दिव्य स:मिलभित्र उनीहरु हत्या गरिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार सोही काठमिलमा काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका थिए।

उनै दीपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेका थिए ।

दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए। शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

उनी हिजो मात्र छोराकोमा आएको पाइएको छ। यस्तै मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन्। उनी त्यहाँको कामदार नभएको पाइएको छ।

उक्त काठमिल दोलखामा सांसद हारेका बालकृष्ण शिवाकोटीको भएको पाइएको छ।

Exit mobile version