नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०.५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमको शुक्रबार बसेको बैठकले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।