टाेखालाइभ डट कम/बैशाख १४ , २०८०
लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिनुभएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गर्नुभएको छ । ‘अर्जुन रेड्डी’ र त्यसको रिमेक ‘कविर सिंह’ निर्देशन गरेर स्थापित हुनुभएका निर्देशक सन्दीप रेड्डी भाङ्गाको ग्याङ्सटर ड्रामामा काम गर्दा धेरै कुरा सिकेको उहाँले बताउनुभयो ।लन्डनमा पेसाले चार्टर्ड एकाउन्टेन्ट टङ्कले यसअघि नेपाली तथा ब्रिटिस चलचित्र, विज्ञापन, भिडियोमा काम गरिसक्नुभएको छ । “ “झन्डै दुई साता छायाङ्कन भयो । बलिउडका प्रसिद्ध कलाकारसँग काम गर्दा मैले सिक्ने अवसर पनि पाएँ”, अभिनेता धमलाले भन्नुभयो, “म एजेन्सीमार्फत चलचित्रमा छानिएको हुँ । अभिनेता बबि देओलका भाइको भूमिका निर्वाह गर्न पाएँ, आत्मविश्वास बढेको छ ।” नेपाली चलचित्र ‘सरौतो’ पश्चात नै नेपाली मिडिया र चलचित्रकर्मीको आँखामा पर्नुभएका अभिनेता धमलाले बेलायत बस्नुहुने भएकाले धेरै काम गर्न सक्नुभएको छैन । उहाँले बेलायतको तालिममा सहभागी भएर अभिनय गर्नुभएको हो । गिल्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा छायाङ्कन गरेँ । मैले अन्य प्रोजेक्टमा पनि काम गरेका कारण निर्धक्क प्रस्तुति दिएँ”, अभिनेता धमलाले भन्नुभयो, “चलचित्रमा के–कस्तो रूपमा देखिन्छु थाहा छैन । यद्यपि यसलाई मैले सिकाइका रूपमा सदुपयोग गरेँ ।” चलचित्रमा अभिनेता रणवीर कपुर, बबि देओल, अनिल कपुर, तृप्ती डिम्री, रश्मिका मन्दना आदि कलाकारले अभिनय गर्नुभएको छ । ‘एनिमल’ बाहेक उहाँले बलिउड निर्देशक जाइघम इमामको ‘सुपर वुमन’ र दिवाकर भट्टराईको ‘हनी बनी’ मा समेत अभिनय गर्नुभएको छ ।