JanaKura

रास्वपाका सचेतक सन्तोष परियारले संसदमा माफी मागे

टाेखालाइभ डट कम/ चैत २७,२०७९

काठमाडौं । रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन्।

‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने। परियारले उक्त घटनाले रास्वपा कत्तिपनि विचलित नभएको बताए।सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको र अडियोबारे ढाकाप्रसादलाई २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी गराए।

अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानविन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए।

Exit mobile version