JanaKura

भिक्षु जीवनमा आधारित ओम शंकरको उपन्यास “सम्बन्ध” विमोचित

टोखा लाइभ। १७ चैत्र २०७९

काठमाडौं । एक जमना थियो जहाँ बुद्धत्व प्राप्त गरेकाहरु भिक्षु झै आफ्नो जीवन जिउन लागिपर्थे ।अनुहारको बेग्लै प्रकाशले हरेको मनमा उज्यालो पारीरहेको हुन्थे। अमृत झै मिठास बोलिले शत्रुलाई पनि नतमस्तक बनाइरहेका हुन्थे,आफ्नै पाउ पनि निकै सुस्त जमिनमा राख्थे ताकी कर्ममा ब्यस्त हुन्थे तर समय बदलियो । जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि फर्केर निराशा सहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास “सम्बन्ध” विहिबार विमोचित भएको छ ।

बिहीबार काठमाडौंको रेडक्रस मार्गस्थित सोभिनियर्स ग्यालरी क्याफेमा आयोजित कार्यक्रममा “मह जोडी” मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट संयुक्त रुपमा उपन्यासको विमोचन गरिएको हो । शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकार समेत रहेका श्रेष्ठको ३ सय ४ पृष्ठ रहेको उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासकार ओमशंकरले यसअघि पनि “ यथार्थ” कथा संग्रह प्रकाशित गरिसकेका श्रेष्ठको थुप्रै साहित्यिक रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।

Exit mobile version