JanaKura

जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध

टाेखालाइभ डट कम/चैत्र १६ ,२०७९

राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएसँगै धर्मको बारेमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति राष्ट्रिय तथ्याङ्क कार्यालयको ध्यानाकर्षण भएको छ ।सो कार्यालयले आज विज्ञप्ति जारी गरी धर्मसम्बन्धमा विसं २०७८ को जनगणनाअनुसार विभिन्न धर्मको विवरण भनी केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका समाचार पूर्णरुपमा गलत, भ्रामक तथा अन्योल सिर्जना गर्ने खालका भएको र त्यस्तो भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने कार्य भइरहेको र चाडैँ तथ्य विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ । यही चैत्र १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

 

Exit mobile version