JanaKura

थ्री नेसन्स कपः भुटानसँग बराबरीमा खेल्दै नेपाल फाइनलमा

टोखा लाइभ। १४ चैत २०७९

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरीमा खेल्दै फाइनलमा पुगेको छ।

दशरथ रङ्गशालामा साँझ भएको खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गरेका थिए। पहिलो हाफमा केही प्रयास गरे पनि नेपालले भुटानविरुद्ध गोल गर्न सकेन।

सब्सटिच्युट खेलाडी दीपक राजसिंह ठकुरीले इन्जुरी समयमा बराबरी गोल फर्काउँदा भुटानसँग हारबाट जोगिँदै नेपाल फाइनल पुगेको हो।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो।

नेपालले ४ र लाओसले तीन अङ्क बनाएका छन्। भुटान १ अंक जोडेसँगै खेलबाट बाहिरिएको छ। सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा नेपाल र लाओसबीच चैत १७ गते फाइनल खेल हुनेछ।

Exit mobile version