JanaKura

बङ्गलादेशी टाका र अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ

टाेखालाइभ डट कम/चैत्र २ ,२०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालयले जनाए अनुसार बङ्गलादेश एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बङ्गलादेश जान लागेका चिनियाँ नागरिक ५२ वर्षीय काई हुनानलाई विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमा रहेको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Exit mobile version