JanaKura

राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा इटालीका अल्बर्टो एनेस नियुक्त

टोखा लाइभ। १७ फागुन २०७९

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ।

विवादकाबीच बुधबार ललितपुरमा बसेको एन्फा कार्यसमितिको बैठकले ३ जना सहायक महासचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ। बैठकले बसन्त अर्याल, दामोदर भट्टराई र अरुणमान जोशीलाई सहायक महासचिव नियुक्त गरिको हो।

बैठकले सिइओ नियुक्तीका लागि सूचना प्रकाशन गर्ने र सह कोषाध्यक्ष्मा पूर्णमान चित्रकारलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले चैत्र ६ गतेदेखि १७ गतेसम्म हुने नेपाल भुटान लाओस सम्मिलित अन्तराष्ट्रिय प्रतियोगीतालाई प्रधानमन्त्री थ्रिनेसन कप नामाकरण गर्ने र प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिट तर्फ रु ५०० र भि आई पि तर्फ रु १००० तोक्ने निर्णय गरेको छ।

त्यस्तै पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समुह सि को खेल चैत्र २० देखि २८ गतेसम्म नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशाला आयोजना गर्ने निर्णय भएको छ भने जिल्ला लिग आगामी वैशाख महिना बाट सन्चालन गर्ने निर्णय गरेको छ।

Exit mobile version