JanaKura

त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनमा ठकुरीले दिए अध्यक्षमा उम्मेद्वारी 

टाेखालाइभ डट कम/नविना श्रेष्ठ

फागुन १३,२०७९

त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनको अध्यक्ष उम्मेद्वारमा विकास शाही ठकुरीले उम्मेदवारी दिएका छन्। यहि चैत ५ गते हुन लागेको स्ववियुको निर्वाचनमा त्रि-चन्द्र क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्षमा विकास शाही ठकुरी उम्मेद्वार हुने भएको छ । विद्यार्थी नेता ठकुरीलाई सबै भन्दा बलिलो उम्मेदवारको रुपमा लिइएको छ। भने उनको नेतृत्वमा क्याम्पसमा विभिन्न भौतिक विकास,पुर्न:निर्माण लगायत विद्यार्थीको समस्यालाई लिएर आवाज बुलन्द गर्ने विद्यार्थी नेताको रुपमा परिचीत भएका छन्। नेता ठकुरी सालिन स्वभाव ,विद्यार्थीहरु माझ लोकप्रिय रहेको छ। भने समग्र क्यामपसको हितको बारेमा सोच्ने दुरदर्शि भिजन भएका विद्यार्थी नेता समेत रहेका छ्न साथै क्याम्पस प्रशासनमा राम्रो पहिचान बनाएकाले गर्दा पनि त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनमा अब्बल र सक्षम नेतृत्व भएकै कारणले उनको उम्मेदवारीलाई लिएर अहिले चर्चा चलेको हो। लामो समयसम्म निर्वाचन नहुदा अन्योल रहेको स्ववियुको अहिले हुन लागेको निर्वाचनले नया नेतृत्व आउँदा विद्यार्थी सङ्गठ्नहरु अहिले चलायमान भएका छन्।

Exit mobile version