टोखालाइभ डट कम/फाल्गुण ५, २०७९
बहराईन,प्रवासी नेपाली मञ्च बहराईनले टर्कि भुकम्प पिडितहरुको लागि संकलन गरेको ब्ल्याङ्केटहरु एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।प्रवासी नेपाली मञ्चका मध्यपुर्व संयोजक शालीग्राम पन्तले आफुहरुको सानो सहयोगले कसैको केहि चिसा रातहरु मात्रै पनि न्यानो बनाउन सकियोभनेपनि हामीलाई उनीहरुको आशिर्वाद र मनमा खुशी मिल्छ भन्ने आशाले उक्त सहयोग गरेको बताए । पन्तले आफुहरुलाई ५६ वटा ब्ल्याङ्केटहरु र ६८९ बि.डि. सहयोगको रुपमा प्राप्त भएको जनाउदै प्राप्त रकमले एउटा ब्ल्याङ्केट बराबर ४.३ बि.डि. को दरले ७७४ बि.डि. को १८० थान ब्ल्याङ्केटहरु खरिद गरि जम्मा २२१ वटा ब्ल्याङ्केटहरु खरिद गरि हस्तांतरण गरेको बताए । मंचले २२१ ब्ल्याङ्केटहरुमध्ये ५१ थान ब्ल्याङ्केटहरु सिरिया दुतावासमा र १७० वटा ब्ल्याङ्केटहरु टुर्किय दुतावासमा हस्तान्तरण गरेको छ ।
photo/Amar Shrestha, Baharain