JanaKura

२४ सै घण्टा नेवाः गीत बज्ने नयाँ च्यानल

काठमाण्डाै – रातदिन २४ सै घण्टा नेवाः गीत बज्ने एउटा नयाँ अडियो च्यानल शुरु गरिएको छ। जनकवि दुर्गालाल श्रेष्ठको जन्म दिनका अवसरमा साउन संक्रान्तिका दिन शुरु गरिएको नयाँ च्यानलको उद्घाटन प्रसिद्ध गायक जुजुकाजी रञ्जितले सुकुन्दामा दीप प्रज्ज्वलन गर्नुभएको हो। काठमाण्डाैको ताहाचल बगैँचामा रहेको एएनजे स्टुडियोमा भएको कार्यक्रममा सङ्गीतकर्मीद्वय आभाष जोशी र जीनु जोशीले क्लिक गरेर गीतकोVideo Playerhttps://www.khojonline.com/wp-content/uploads/2020/07/received_268694247765188.mp4?_=100:0006:01

शुरुवात् गर्नुभएको थियो। रमेश जोशीले संयोजन गर्नुभएको नेवाः गीत च्यानल २४ सै घण्टा newamey.com मा सुन्न सकिन्छ। च्यानलका लागि अमेरिकाबाट विद्या सागर प्रधान र जर्मनीबाट उज्ज्वल कुमार जोशीले सहयोग गरिरहेका छन्। च्यानल उद्घाटनका अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो।

बिहि,1 साउन Khojonline मा प्रकाशित

Exit mobile version