JanaKura

टेनिस स्टार नाओमी गर्भवती, अर्को वर्षमात्रै मैदानमा फर्कने

टोखा लाइभ। ३० पुष २०७९,शनिवार

टोकियो– टेनिस स्टार नाओमी ओसाकाले आफू गर्भवती भएको खुलासा गर्दै अर्को वर्षमात्र मैदानमा फर्कने योजना रहेको बताएकी छन् ।

पूर्व विश्व नम्बर एक खेलाडी ओसाकाले ‘अल्ट्रासाउन्ड’को तस्बिरसहित सामाजिक सञ्जालमा ‘सन् २०२३ का लागि सानो अद्यावधिक’ भनेर बुधबार गरेको ‘पोष्ट’मा आफू गर्भवती भएको खुलासा गरेकी हुन्

पच्चीस वर्षीया ओसाका वर्षौँदेखि ‘¥यापर’ कोर्डेसँग ‘रोमान्स’सँगै ‘डेट’ गरिरहेकी छन् । ‘मलाई थाहा छ कि मसँग भविष्यमा हेर्नको लागि धेरै कुरा छन्, एउटा कुरामा म तयार भएकी छु कि मेरो बच्चाले मैले खेलको हेर्नेछ र उनी मेरी आमा हुन्,’ ओसाकाले लेखेकी छन् ।

गत सेप्टेम्बरदेखि ओसाकाले कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेकी छैनन् । आगामी आइतबारदेखि सुरु हुने अस्ट्रेलियन ओपनबाट पनि उनी बाहिरिएकी छन् । उनले दुई पटक युएस ओपन च्याम्पियनसिपसँगै दुई पटक उक्त प्रतियोगिता जितेकी थिइन् ।

हालैका वर्षमा मानसिकरूपमा स्वस्थ्य रहन उनले खेलबाट आफूलाई टाढा राखेकी छन् । टोकियोमा प्यान प्यासिफिक ओपन पछि फेरि उनी मैदानमा देखिएकी छैनन् ।

Exit mobile version