JanaKura

टोखामा उत्पादन हुने चाकु कसरी व्यवस्थित गर्ने भन्ने विषयमा क्षेत्र नं ५ का नेता पौडेलको चासो 

टाेखालाइभ डट कम/नविना श्रेष्ठ

पौष २९,२०७९

काठमाडौँको उत्तरी भेगमा रहेको शिवपुरीको काखमा रहिरहेको टोखा नगरपालिका वडा नम्बर २,३ मा टोखा चाकुलाई कसरी व्यवस्थित तरिकाले बजारमा लैजाने भन्ने विषयमा क्षेत्र नं ५का नेता प्रदीप पौडेलको गम्भीर चिन्तन र चासो रहेको बताएका छन्। आफ्नै ठाउँमा उत्पादन हुने सामानलाई काठमाडौं, नेपालमा मात्र होइन अब अन्तराष्ट्रिय सम्म टोखा चाकुको उत्पादन गर्नका लागि चाहिने सामग्री,बजार ,यसको परिचय र पहिचानको लागि आफुले सक्दो सहयोग गर्ने व्यवसायी कर्तालाई पौडेलले प्रतिबद्धता जनाए। टोखामा चाकु उद्योग १३,१४, वटा रहेको छ। व्यवस्थितरुपमा सञ्चालन गर्न नसकिरहेको उद्योग कर्ताहरुले पौडेलसँग गुनासो गरेका थिए। धेरै कुरा को समस्या बाबजुद पनि यो व्यवसायलाई कठिनाइका साथ पूर्खाले आर्जेको व्यावसायिक जोगाई राख्नुपर्छ भन्ने मान्यताका साथ यसलाई अंगाली रहेको व्यवसायी टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनुभयो ।

माघेसंक्रान्ति नजिकिँदै गर्दा टोखामा चाकुको उत्पादनमा व्यवसायीहरुलाई भ्याइ नभ्याई छ। चाकु बाट धेरै परिकारहरु बनाउन सकिने चाकु व्यवसायीले बताएका छन्। चाकु बनाउनको लागि गुणस्तरीय सामानको उपलब्ध भएमा र गुणस्तर बजारको व्यवस्था भएमा टोखाको चाकु ठूलो ठूलो डिपार्टमेन्ट स्टोरमा पनि पुग्न सकिने। नेपालभरी फैल्न सकिने र अन्तर्राष्ट्रिय बजारसम्म फैल्नसकिने उत्पादन कर्ताले बताए। नेपालको लागि पनि यो सुवर्ण अवसर रहने उद्योग कर्ताले बताएका छन्।

 

Exit mobile version