• 2023-01-13

    टाेखालाइभ डट कम/ पौष २९,२०७९

    अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो । धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो ।

    सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । यसअघि दाङमा साढे ४१ फिट अग्लो र पाल्पाको भैरवनाथ मन्दिरमा ३५ फिट अग्लो त्रिशूल स्थापना भइसकेकाे छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै