JanaKura

यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

टाेखालाइभ डट कम/ पुस ४,२०७९

काठमाडौंः टोखा नगरपालिका–१० स्थित मनोहर माध्यामिक विद्यालयका प्रधानाध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।

विद्यालयमा अध्ययनरत एकजना छात्राले दिएको आधारमा प्रअ माधवप्रसाद भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रधानाध्यापक भट्टराईमाथि बालबालिका विरुद्धको कसुर–२०७५ को दफा ६६ अनुसार म्याद लिएर प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । छात्राले दिएको उजुरीका आधारमा उनीविरुद्ध ‘बालबालिका विरुद्धको कसुर’मा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

Exit mobile version