टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर २७,२०७९
काठमाडौंको दशरथ रंगशालामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एसिया रग्वीको आयोजना र नेपाल रग्वी एसोसिएसनको व्यवस्थापनमा पहिलो पटक काठमाडौंमा भएको हो। कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा खेलकुद मन्त्री अर्थक महेश्वर गहत्र्राज रहेको थियो।दक्षिण कोरिया र युएइ यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेको छ।
दक्षिण कोरिया पुरुष तथा युएइ महिलामा पहिलो
मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो , भने
पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउदै पहिलो भए। ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित भएको हो। महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले पराजय भयो ।
मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो र महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बी अन्तर्राष्ट्रियस्तरको खेल आयोजना भएको हो ।