JanaKura

काठमाडौँ क्षेत्र नं.२ मा मतगणना सुरु

टाेखालाइभ डट कम/ मंसिर ५,२०७९

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र मतगणना सुरु भएको अहिले यो क्षेत्रमा चार ठाउँमा मतगणना
भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

काठमाडौँका विकट बस्ती सिन्धुपाल्चोकसँग सीमा जोडिएको यो क्षेत्रमा शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९, काठमाडौँ महानगरपालिकाका वडा नं ९ र ३२ पर्छन् । यो क्षेत्रमा पूर्वसभामुख ओनसरी घर्ती सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।

यसैगरी नेकपा (एमाले) का तर्फबाट मणिराम फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुन्तीकुमारी पोखरेल उम्मेदवार हुनुहुन्छ ।
–––

Exit mobile version