JanaKura

गठवन्धनमा पहिरो, माओवादीबाट टोखाको मेयर उम्मेदवार नै एमाले प्रवेश

टाेखालाइभ डट कम/ कार्तिक २८,२०७९

काठमाडौं /काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका शेखर श्रेष्ठ आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसहित २८ जनालाई आज एक कार्यक्रमका बीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल, निर्वाचत परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गरेका छन्।

२८ जनाले आज एमालेमा प्रवेश गरेपछि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित झनै सहज बन्ने देखिएको छ।

गत स्थानीय निर्वाचनमा टाेखा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार प्रकाश अधिकारीले जित्दा माओवादीका श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए ।

 

 

 

Exit mobile version