JanaKura

नेपालमा थपिए दुई सय ५५ जना कोरोनाका संक्रमित।


टाेखा लाइभ ,असार २४काठमाडौं : नेपालमा आज कोरोनाभाइरसका दुई सय ५५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।
यो संगै कोरोना संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको हो।देशभरका क्वारेन्टिनमा २५ हजार ४० जना मानिसहरू छन्। कोरोनाबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौं उपत्यकाभित्र २३ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६ र ललितपुर जिल्लामा सात जना संक्रमित थपिएका हुन्।

Exit mobile version